ताजा अपडेट »

स्याङ्जामा सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

विहीबार, ०४ बैशाख २०८२, १३ : ३९
90 Shares
विहीबार, ०४ बैशाख २०८२
90 Shares

स्याङ्जामा सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

स्याङ्जा । गल्याङ नगरपालिका-१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन । सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभि भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।