बुटवल । बुटवलमा विहिबार दिउँसो एक्कासी हावाहुरी चलेको छ । हावाहुरीले बजार, पसल तथा जनजीवन केही प्रभावित भएको छ भने, मौसम चिसो हुँदा केही राहतको महशुस पनि भएको छ ।
बुटवलसहित आसपासका क्षेत्रहरुमा हावाहुरीसहित वर्षा समेत भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
महाशाखाले देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान गरेको थियो ।
प्रतिक्रिया