ताजा अपडेट »

काँग्रेस पदाधिकारी बैठकको निश्कर्ष : सरकारले गति बढाउनु पर्यो

विहीबार, ०४ बैशाख २०८२, १३ : ०३
58 Shares
विहीबार, ०४ बैशाख २०८२
58 Shares

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ।बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले सत्ता गठबन्धनमा रहेका दलहरुबीच समन्वय हुनुपर्ने बताए।

उनले भने, ‘सरकारले सशक्त डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ। त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ। सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ।’ बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेको उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।