काठमाडौं । बुधबार अचानक परेका ठूलठूला असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा विनाश मच्चाएको छ।
असिनाले सयौँ सवारीसाधन र घरका झ्यालका सिसा फुटेका छन्। बीबीसी उर्दुका अनुसार इस्लामाबादका बासिन्दाले जीवनमा यति ठूला असिना पहिलोपटक देखेको बताएका छन्। खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो र भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको छ। जसका कारण धेरै सवारीसाधन पानीमा बगेका थिए।
असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
प्रतिक्रिया