काठमाडौँ । नेपालका अटोमोबाइल व्यवसायीको नयाँ सङ्गठन अटोमोबाइल आयातकर्ता तथा उत्पादक सङ्घ (नाइमा) को औपचारिक घोषणा गरिएको छ । ‘गतिशीलतामार्फत विकास सशक्तीकरण’ को सन्देशका साथ बुधबार काठमाडाैंमा नाइमा’काे औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
नाइमाको पहिलो अध्यक्ष तथा नेपालको अटोमोटिभ क्षेत्रमा यो पद सम्हाल्ने पहिलो महिला ऋतुसिंह वैद्य भएकी छन । बैद्य टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक हुन । घोषणासभामा उनले सङ्गठनको दृष्टिकोण, लक्ष्य र पाँच आधारभूत कुराहरूकम बारेमा अवगत गराएकी थिइन।
अध्यक्ष वैद्यले नाइमाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपाली मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व गर्न, रणनीतिक सहकार्य, विकास र पैरवी गर्न एकीकृत मञ्चका रूपमा काम गर्ने उल्लेख गरीन।
कार्यक्रममा अध्यक्ष वैद्यले नाइमाका संस्थापक कार्यसमिति सदस्यहरू सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काब्राकाे परिचय गराएकाी थिइन।
कार्यक्रममा नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोको औपचारिक घोषणा समेत गरिएको छ । नाइमा अटो शो समितिका सदस्य गौरव शारडाले एक्स्पोको लोगो र कार्यक्रमका बारे सार्वजनिक जाकारी गराएका थिए ।
नेपाल मोबिलिटी एक्स्पोले अत्याधुनिक मोबिलिटी समाधान र नेपालमा विकसित हुँदै गइरहेको मोबिलिटी संस्कृति प्रदर्शन गर्ने एक कोशेढुङ्गा सावित हुने बताइएको छ ।
---
प्रतिक्रिया