ताजा अपडेट »

जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

बुधबार, ०३ बैशाख २०८२, २० : ३७
106 Shares
बुधबार, ०३ बैशाख २०८२
106 Shares

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रुपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना४च ८३९० नम्बरको तरकारी बोक्ने जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१६प १५७० नम्बरको स्कुटर ठोक्किँदा घाइते गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।  

दुर्घटनामा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–३ का १९ वर्षीय रोहन मगर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।