ताजा अपडेट »

‘सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक’

बुधबार, ०३ बैशाख २०८२, १७ : ५१
18 Shares
बुधबार, ०३ बैशाख २०८२
18 Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताएका छन् । 
    
दिशानिर्देश प्रेस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सबै वर्ग, क्षेत्र र समुदायका माग सम्बोधन गर्नका लागि पनि संविधान संशोधनको आवश्यकता औँल्याए । 

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उनले तत्कालीन समयमा संविधान हतारमा प्रकाशन गरिएको जिकिर समेत गरे । 

“प्रमुख दलहरुले नै संविधान संशोधन गर्ने एजेण्डा बनाइरहनुभएको छ”, पूर्वउपराष्ट्रपति झाले भने, “संविधान जनताको मागअनुसार संशोधन गरेर अघि बढनुपर्छ । त्यसमा सबैको कल्याण छ ।”

सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र, निष्पक्ष र जीवन्त पत्रकारिता अपरिहार्य भएको बताए ।
    
राष्ट्रिय समाचार समिति(रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिले पुनः राजनीतिक भूमिकामा फर्किनु शोभनीय नहुने धारणा राखे । 

वरिष्ठ पत्रकार हरिहर विरहीले नागरिक सर्वोच्चता कायम राख्न आमसञ्चारको भूमिकाबारे आफ्ना धारणा राख्नुभयो । उनले राजतन्त्र फर्किन सम्भव नभएको राय व्यक्त गरे । 

दिशानिर्देश पत्रिकाका सम्पादक जेपी गुप्ता ‘मायालु’ले सर्वोच्च अदालतको फैसलालाई अवहेलना गर्दै प्रेस काउन्सिलले आफूहरुलाई पटकपटक पत्र काटेको आरोप लगाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।