ताजा अपडेट »

म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हो :अध्यक्ष भट्टराई

बुधबार, ०३ बैशाख २०८२, १६ : ००
26 Shares
बुधबार, ०३ बैशाख २०८२
26 Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन् । 

बुधवार कांगे्रस नेता स्व।चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दैँ उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन् । 

‘शेरबहादुर लगायत साथिहरुलाई सुनाउन चाहान्छु म त सामान्तवाद निरङकुसता राजतन्त्र विरोधि चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांगे्रस निकट रहे,’ उनले भने ।  कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरुले लिएको विचार अपुरो भएको बताए । 

उनले भने, ‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरुले समानतामा मात्र जोड दियो त्यो अपुरो थियो । तर हनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाई हो । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो त्यसैले म दुइवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो ।’

उनले चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको पनि बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।