ताजा अपडेट »

कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान

बुधबार, ०३ बैशाख २०८२, १५ : ५३
48 Shares
बुधबार, ०३ बैशाख २०८२
48 Shares

काठमाडौँ । सत्तारुढ प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्र र कार्यदलको छुट्टाछुट्टै बैठक बोलाइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्यलाई लिएर अनेक आशङ्का उत्पन्न भइरहेका बेला संयन्त्र र कार्यदलको बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार साँझ ५ बजे कार्यदलको बैठक बोलाइएको छ । त्यसपछि साढे ६ बजे उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछन् । 

यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा गभर्नर नियुक्ति, महत्त्वपूर्ण निकायमा सरुवा बढुवा, शिक्षक आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबिच कुराकानी भएको बताइएको थियो । 

कार्यदलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । 

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । यी नेतासहित संयन्त्रमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।