ताजा अपडेट »

रोटरीले डोनेशन भन्दा नेपालका परियोजनामा धेरै लगानी गरेको छः राजेन्द्रमान शेरचन

बुधबार, ०३ बैशाख २०८२, १५ : २०
32 Shares
बुधबार, ०३ बैशाख २०८२
32 Shares

बुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले नेपालबाट रोटरी इन्टरनेशनलमा गरेको डोनेशन भन्दा १० गुणा बढी रोटरी इन्टरनेशनलले नेपालका विभिन्न परियोजनामा लगानी गरेको बताएका छन् । 

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको मंगलबार डिष्ट्रिक गभर्नर अफिसियल भिजिट कार्यक्रममा बोल्दै उनले पछिल्लो ४ वर्षमा नेपालबाट गरेको डोनेशन भन्दा १० गुणा बढी नेपालका विभिन्न परियोजनामा लगानी भएको जानकारी गराएका हुन् ।  

उनका अनुसार पछिल्लो ४ वर्षमा नेपालबाट रोटरी इन्टरनेशनलमा १० लाख डलर डोनेशन भएको छ भने रोटरी इन्टरनेशनलले नेपालका विभिन्न परियोजनामा १ करोड डलर भन्दा बढी लगानी गरेको छ । उनले नेपालबाट भएको डोनेशनमा थपेर नेपालकै विभिन्न परियोजनामा लगानी हुने भएकाले पुँजी पलायन हुन्छकी भन्ने चिन्ता नलिन आग्रह गर्दै सदस्यता अभिबृद्धिमा जोड दिए । 

त्यस अवसरमा डिष्ट्रक गभर्नर शेरचनले क्लवले सिग्नेचर प्रोजेक्ट अन्तरगत यो वर्ष रंगरोगन गरेको बुटवल ११ को सहिद स्मृति आधारभूत विद्यालय तथा क्लबको सहकार्यमा मर्तत सम्भार गरेको बुटवल ११ कै बुद्धनगर चौपारीको स्थलगत अवलोकन गरेका थिए । क्लवले सिग्नेचर प्रोजेक्ट अन्तरगत हरेक वर्ष होलीको अवसरमा ग्रामिण तथा विपन्न विद्यालयमा रंगरोगन गर्दै आएको छ । यो वर्ष बुटवल ११ को सहिद स्मृति आधारभूत विद्यालयमा रंगरोगन गरिएको थियो । 

त्यसैगरी क्लवमा यो वर्षको कार्यकाल सुरु भएदेखि हालसम्म भएको गतिबिधिको समीक्षा गर्नुका साथै भावि कार्यक्रमका कारेमा छलफल गरिएको थियो ।  त्यस अवसरमा बोल्दै क्लवका अध्यक्ष देवीराम पाण्डेले क्लवले रोटरीको मोटो अनुसार सामुदायिक कार्यक्रम सहित आन्तरिक रुपमा क्लवका सदस्यहरुको नेतृत्व, व्यक्तित्व तथा उद्यमशिलता विकासका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराए । 

त्यसैगरी क्लवका प्रेसिडेन्ट इलेक्ट दीपक भट्टराई क्लवले रोटरीले अगाडी सारेका कार्यक्रम सहित सामाजिक विकासका लागि शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा रक्तदान, ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालयमा रंगरोगन, गरिव तथा विपन्न विद्यार्थीलाई छात्रबृत्ति, शैक्षिक सामाग्रि प्रदान लगायतका धेरै काम गरिएको जानकारी गराए । 

कार्यक्रममा क्लवका एड्मिन चियर राजु चौधरी, मेमबरशिप चियरको तर्फबाट क्लवका उपाध्यक्ष देवीलाल भट्टराई, पब्लिक ईमेज चियर किशोरकुमार बिक, टिआरएफ चियर लक्ष्मण विश्वकर्मा र क्लव सर्भिस चियरको तर्फबाट उपाध्यक्ष शंकर पाण्डे प्रतिवेदन प्रस्तुत गरेको क्लबका सचिव अर्जुन आचार्यले जानकारी गराए । 

कार्यक्रममा क्लवका एसाइन एजी सुमन गोपालाचार्य, डिष्ट्रिक सेक्रेटरी, रिजन सेक्रेटरी तथा क्लवका पूर्व अध्यक्ष कृष्ण शर्मा तथा क्लवका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।