ताजा अपडेट »

बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ वर्षीय क्रिकेटर अनमोल बाबु

बुधबार, ०३ बैशाख २०८२, ११ : ४२
32 Shares
बुधबार, ०३ बैशाख २०८२
32 Shares

बुटवल । नयाँ वर्षको सुरुवातसँगै बुटवल क्रिकेट एकेडेमीको आयोजनामा आजदेखि यु-१३ बीसीए प्रिमिएर लिग सन्चालन हुँदैछ । तिलोत्तमा स्थित ज्योतिनगर क्रिकेट मैदानमा हुने खेलमा दुई टिमको सहभागिता रहनेछ। बिसिए च्यालेन्जरको कप्तानको जिम्मेवारी नौ वर्षीय खेलाडी अनमोल बाबु भण्डारीले सम्हालेका छन्। 

क्रिकेटमा औधी रुचि राख्ने अनमोल सात वर्षको उमेरदेखि नै क्रिकेट खेल्दै आएको र क्रिकेट सिक्न निरन्तर मेहेनत गर्दै आएको बताउँछन् । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान लेग स्पीनर सन्दिप लामिछानेबाट प्रभावित भइ क्रिकेटमा पाईला चाल्दै गरेका भण्डारी पनि लेग स्पिनर हुन्। उनको खेल प्रतिभा उत्कृष्ट रहेको र यही तवरले मेहेनत गर्दै गएमा उनी भविष्यमा राम्रो खेलाडीको रुपमा अगाडि आउने एकेडेमीका  प्रशिक्षक बताउँछन् । 

बीसीए प्रिमिएर लिग सन्चालनका लागि बुटवल कृकेट एकेडेमीको आयोजनामा चैत्र ३० गते एक समारोहका बीच ३५ जना खेलाडीहरुलाई ए, बि र सी ग्रेडमा विभाजन गरी ग्राण्ड अक्सन मार्फत् बिसिए वारियर्स र विसिए च्यालेन्जर्स गरि २ वटा टिमले न्युनतम २०० देखि अधिकतम २००० रुपैयाँसम्ममा खरिद गरेका थिए । बैशाख ३ गते हुने उद्घाटन खेलमा उक्त २ टोलीका खेलाडीहरु आमने–सामने हुँदैछन् । बिसिए वारियर्सको कप्तानी निष्कर्ष आचार्यले गर्दैछन्। 

यो उमेरसमुहका खेलाडीलाई खेल अनुशासन तथा संस्कार सिकाउँदै उपयुक्त प्लेटफर्म र उत्प्रेरणा प्रदान गरी खेलक्षेत्रमा लाग्नका लागि अभिप्रेरित गर्ने उद्देश्यका साथ बिसिए प्रिमिएर लिग सन्चालन गर्न लागेको र लिग आधारमा ३०र३० ओभरको खेल खेलाइने बुटवल क्रिकेट एकेडेमीका हेडकोच घनश्याम थारुले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।