ताजा अपडेट »

यु १९ विश्वकप एसिया छनोट : नेपालले आज हङकङसँग खेल्दै

बुधबार, ०३ बैशाख २०८२, ०८ : ३३
32 Shares
बुधबार, ०३ बैशाख २०८२
32 Shares

बुटवल । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९‌ बजेदेखि खेल सुरु हुने तय छ ।

नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईमाथि डिएलएस पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।

उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो‌ जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा धेरै अगाडि छ ।

आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । नेपाल‌ र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी रहने छन् । त्यसो भएमा त्यसपछि शनिबार हुने नेपाल र अफगानिस्तानको खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने छ ‌।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।