ताजा अपडेट »

वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान, शिक्षकको माग सम्बोधन गरिने

बुधबार, ०३ बैशाख २०८२, ०६ : २४
38 Shares
बुधबार, ०३ बैशाख २०८२
38 Shares

काठमाडौँ । सरकारले  संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि  समेत अधिवेशन  आह्वान गर्न सिफारिस गरिएको उनको भनाइ छ । 

सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने उनको भनाइ छ । शिक्षकहरुले विद्यालय शिक्षा ऐन माग गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।