ताजा अपडेट »

भैरहवाका हार्डवेयर व्यवसायी माथि राजश्व छलीमा एक करोड माग दावीसहित मुद्दा दर्ता

मंगलबार, ०२ बैशाख २०८२, २० : ३३
96 Shares
मंगलबार, ०२ बैशाख २०८२
96 Shares

बुटवल । रुपन्देहीका एक हार्डवेयर व्यवसायीमाथि एक करोड राजस्व छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयले बुटवल मार्फत भैरहवाको सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरि विरुद्ध उक्त मुद्धा दायर भएको हो । उक्त पसल तथा गोदामको कारोबारको अनुसन्धान सकेर उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

अग्रहरिविरुद्ध राजस्व चुहावटमा बिगो र जरिवाना गरी एक करोड ८ लाख ८२ हजार ९ रुपियाँ माग दावी सहित मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले बताइन् ।  

अग्रहरिले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ लुम्बिनी गेट नजिकै सुन्दर हार्डवेयर एण्ड प्लाइउड सञ्चालन गर्दै आएका छन् । राजस्व अनुसन्धान कार्यालयले उक्त कारोबार स्थलमा खानतलासी गरी अनुसन्धान गर्दा उक्त पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको ठहर गरेको छ ।

अग्रहरिले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (छ) र (झ) बमोजिमको राजस्व चुहावटको कसुर गरेको ठहर गर्दै कार्यालयले निजउपर राजस्व चुहावट ऐन २०५२ को दफा २ (छ) बमोजिम ५४ लाख ४१ हजार ४ रुपियाँ बिगो कायम गरेको छ ।

कार्यालयले सो रकम बराबरको बिगो कायम गरी उक्त ऐनको दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी बिगोको शत प्रतिशत जरिवाना समेत मागदावी गरेको छ ।

EOXkijVF

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।