बुटवल । रुपन्देहीको सिद्धार्थनगर ७ आभा रोड की स्थायी बासिन्दा उर्मिला सिलवाल गृहिणी थिइन् । पढेलेखेको भएपनि उनले घर बाहिर भने काम गरेकी थिइनन् । उचाईले राम्रै साथ दिएकाले एयर होस्टेस (विमान परिचारिका) बन्ने रहर थियो उनलाई । उनले त्यसका लागि आवश्यक परिक्षा समेत उत्तीर्ण गरेकी थिइन् । २०६० सालमा काठमाडौंमा परिक्षा दिएर नाम निस्केपछि उनले घरमा सुनाइन् ।
तर विवाहित उनलाई स्वीकृति प्राप्त भएन । त्यस पश्चात उनले सबै समय घरमै बिताइरहीन् । आफुलाई केही गरौं भन्ने हुटहुटी भन्ने थियो उनीमा । २०६६ सालमा उनले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । एक छोरा र एक छोरी । घर परिवारको राम्रै आर्थिक स्थिती र जिल्लामा कहलिएको परिवार भएकाले पनि उनलाई केही कुरामा समस्या थिएन । झापामा जन्मिएर काठमाडौंमा हुर्किएकी उनलाई भने सन्तानलाई घरमै राखेर भएपनि केही गर्न मन लागिरह्यो । बैंकमा पनि उनलाई अफर आयो । तर सन्तान भइसकेपछि उनले त्यता काम गर्न पाइनन् ।
२०६९ सालमा उनले आफ्ना सन्तान आफैसंग लिएर जान पाइने र अरुका छोराछोरीलाई समेत केही सिकाउन पाइने उद्धेश्यका साथ मन्टेश्वरी विद्यालय खोल्ने सोंच बनाइन् । त्यसका लागि उनलाई मन्टेश्वरी शिक्षा सम्बन्धी तालिम लिनु पर्ने भयो । गाडीमा बुटवल आउने जाने गरेर तालिम पनि लिइन् । त्यस पछि सुरु भयो सिद्धार्थनगरमा लिटील बुद्ध ईन्टरनेशनल मेन्टेश्वरी स्कुल । यो विद्यालय सिद्धार्थनगरको वडा न ७ मै पर्छ । हाल कक्षा २ सम्म अध्यापन भइरहेको विद्यालयमा उर्मिला प्रधानाध्यापकका रुपमा छिन् । उनी विद्यालयको संस्थापक प्रधानाध्यापक नै हुन् । विद्यालयमा १ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
२२ जना कर्मचारी कार्यरत छन् । १५ सय बढी विद्यार्थी उत्तीर्ण गराइसकेको यस विद्यालयमा उर्मिलाले मन्टेश्वरी शिक्षक तालिम समेत दिने गरेकी छन् । सन् २०२१/२२ मा उर्मिलाले काठमाडौंमा आयोजना भएको मिसेस नेपाल वल्र्डमा भाग लिइन् । उनी त्यस प्रतिष्पर्धामा मिसेस ग्राण्ड ईन्टरनेशनल उपाधी चुम्न सफल भइन् । उनी २०१९ देखि दीस ईज लेबनान डोमेष्टिक वर्कर युनाईट ) मा नेपालको कनट्री कोअर्डिनेटरका रपमा समेत कार्यरत छिन् । यस मार्फत उनले विभिन्न देशको भ्रमण गरि त्यहां रहेका नेपाली र अन्य घरेलु कामदारको अवस्था बुझ्ने, उनीहरुको समस्या समाधानका लागि पहल गर्ने र उनीहरुको सुरक्षाका विषयमा वकालत गर्ने काम गर्छिन् ।
उनी यस कामका लागि हालसम्म दुबई, कोरिया, जापान, न्युजिल्याण्ड, बेलायत जस्ता देशमा पुगेकी छन् । नेपालका विभिन्न स्थानमा पुगि विदेशमा कार्यरत महिलाहरुको अवस्थाबारे बुझेर उनीहरुलाई घर फिर्ती गराउन समेत उनी सफल भएकी छन् । त्यसले उनलाई देश विदेशमा परिचित हुन र आफ्नो पेशामा थप उत्साहका साथ अघि बढ्न सघायो । उर्मिलाले आफ्नो हरेक सिपलाई विद्यार्थीमाझ उनीहरुको उमेर अनुसार लागु गर्ने र आत्मविश्वासी बनाउने प्रयास गरिरहेकी हुन्छिन् । उनी विद्यालयको प्रधानाध्यापक मात्र नभई बाबुनानीकी शिक्षिका आमा बनेकी छन् ।
उनी बाबुनानीसंग रमाउने, गफ्फीने, उनीहरुलाई नाच्न सिकाउने, संगै बसेर खेल्ने अभ्यासमा तल्लीन हुन्छिन् । उनी भन्छिन्, आफ्ना सन्तान संगै लैजान पाइने भनेर विद्यालय सुरु गरें, अहिले मसंग सिद्धार्थनगरका धेरै बाबुनानी हुनुहुन्छ, जसलाई म सन्तानका रुपमा माया गरेर सिकाउंछु । उर्मिलाले सिटीईभिटीको मान्यता प्राप्त मन्टेश्वरी जुनियर तालिम लिइन् । क्रमश : उनले काठमाडौंको बेस्ट मन्टेश्वरी ट्रेनिङ सेन्टरबाट सिनियर डिप्लोमा कोर्स समेत लिगिन् । सन् २०२२ मा उनी चाईल्ड बिहेबीयर र फसर््ट एड सम्बन्धि तालिम लिन बेलायत पुगिन् । उनले २ हप्ताको तालिम लिएपछि आफ्नो विद्यालयमा रहेका कर्मचारीलाई सोही अनुसार सिकाएर कार्यान्वयन समेत गराउन सफल भएकी छन् ।
उर्मिलालाई यतीले भने पुगेन । उनलाई अरुलाई समेत बालबालीकालाई कसरी शिक्षा प्रदान गर्ने, उनीहरुसंग कस्तो भुमिका निर्वाह गर्ने भन्ने विषय सिकाउन मन लाग्यो । उनले प्रशिक्षकका रुपमा समेत काम गर्न थालिन् । २ सय बढी विभिन्न विद्यालयका शिक्षीकालाई तालिम दिएर उनले मन्टेश्वरी विधि बुझाएकी छन् ।
विद्यालयमा अध्ययनरत बाबुनानीलाई बेलाबेलामा स्वास्थ्य जांच गराउने, विद्यालय परिसरमै स्वीमिङ पुल मा स्वीमिङ सिकाउने, योगा, मेडिटेशन, नृत्य, गायन कला सिकाउने, विशेषत ः उनीहरुले खाने खाजा वा खानामा विशेष ख्याल गर्ने गरेको उनले बताइन् । अभिभावकले आफुहरुको जिम्मा लगाएर पठाउने भएकाले त्यसमा अत्यन्तै ध्यानपुर्वक काम गर्नुपर्ने र आफुहरुले गरिरहेको उनले बताइन् ।
उर्मिलाले यस विद्यालय मार्फत धेरै अभिभावक, स्थानिय सरकार, विदेशी पाहुनासंग साक्षात्कार गर्ने मौका पाएकाले आफुले रोजेको यस पेशालाई उत्कृष्ट मानेकी छन् । मन्टेश्वरी शिक्षालय संचालनका पनि विभिन्न विधी र नियम छन् । आफुहरुले ठुलो लगानी गरेर विद्यालय दर्ता गरेर चलाइरहेकाले जथाभावी खुल्ने मन्टेश्वरी विद्यालयमा अनुगमन, कार्यविधी बनाएरै कस्ता विद्यालय मन्टेश्वरीका लागि उपयुक्त छन् भन्ने विषय मा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनी बताउंछिन् । उनले भनिन्, यदी कानुनत ः छैनन् भने ती विद्यालय संचालन हुन पाउने वा नपाउने जस्ता कानुन बनाई लागु गर्न जरुरी रहेको छ ।
उनी शिक्षा जस्तो विषय भविष्यसंग जोडीने भएकाले यसमा लगानी गर्दा कहां गर्ने, किन गर्ने, बच्चाले के सिक्छ ? कस्तो शिक्षालय हो भन्ने बुझेर मात्र आफ्ना बाबुनानीलाई विद्यालयमा भर्ना गर्नुपर्ने सुझाउंछिन् । उनी भन्छिन्, हाम्रो विद्यालय मात्र राम्रो वा यहीं पढाउनुपर्छ भनेको होइन, तर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, एउटा भिजन लिएर बाबुनानीको भविष्य मापनमा अहम् भुमिका खेल्ने मन्टेश्वरी शिक्षा संवेदनशिल क्षेत्र भएकाले अधयापनका लागि लैजांदा परिवारले ध्यान दिनुपर्छ । मनटेश्वरी शिक्षा बालबालीकाको अधिकार नै भएकाले यसमा हरे अभिभावकले लगानी गर्न नडराएर बाुनानीको जग बलियो बनाउन सघाउनुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया