ताजा अपडेट »

सुनसरीमा गोली चल्यो, ३ जना घाइते एकको अवस्था गम्भिर

सोमबार, ०१ बैशाख २०८२, २२ : ०८
106 Shares
सोमबार, ०१ बैशाख २०८२
106 Shares

सुनसरी । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको र तीन जना नै घाइते भएका छन् । घाइते हुनेहरूमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम बहादुर  दाहालले जानकारी दिए । 

घाइते मध्ये शिवकुमारको अवस्था गम्भीर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैगरी रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिको पनि पहिचान भएको प्रहरीले जनाएको छ । ‘गोली चलाएर घाइते बनाउने व्यक्तिको खोजी कार्य तिव्र बनाएको छ ,’ दाहालले भने । पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर यकिन भइसकेको छैन । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ । पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।