बुटवल । पाल्पाको वगनासकाली गाउँपालिका १ रायडाँडा स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना भई सोमबार एक पुरुषले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार घोरवन्दादेखि वर्तुङतर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तानसेन नगरपालिका ६ बस्ने ४१ वर्षीय पदमबहादुर दर्लामीको ज्यान गएको हो ।
उकालो बाटमो मोटरसाइकल एक्कासी ब्याक भएपछि दुर्घटना भएको थियो । दुर्घटनामा परी उनका छोरा १८ वर्षीय मन्दिप दर्लामी पनि घाइते भएको प्रहरीले जनाएको छ । घटना लगत्तै उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएकोमा चिकित्सकले पदमलाई मृत घोषणा गरेका छन् भने छोरा मन्दिप सामान्य घाइते भएको बताइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया