ताजा अपडेट »

यु १९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

सोमबार, ०१ बैशाख २०८२, १४ : २२
40 Shares
सोमबार, ०१ बैशाख २०८२
40 Shares

बुटवल । नेपालले यु-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ । ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। ओमानको यो लगातार दोस्रो हार हो।

जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित आफ्नो पक्षमा पार्यो। नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारीमा नेपालले आरामदायी जित निकाल्यो।

निरज अर्धशतकबाट मात्र ४ रनले चुके। ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए। उनलाई सौम्य भविनसम्पतले आउट गरे। त्यसपछि अर्का ओपनर साहिल ४४ रनमा सौम्यकै बलमा आउट भए। कप्तान नरेन भट्ट अविजित १२ रनमा रहे।

यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो। ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए।

ओमानका खेलाडीहरूले निराशाजनक ब्याटिङ गरे। कुनै पनि समय ठुलो साझेदारी बन्न सकेन्। आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। ओमानलाई निरिह बनाउन युवराज खत्रीले सानदार बलिङ गरे। ७ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए।

लगातारको दोस्रो जितमा नेपालले ४ अंक बनाएको छ। नेपालले हिजो पहिलो खेलमा युएईलाई डकवर्थ(लुइसको आधारमा ५ रनले हराएको थियो। दुई खेलमा ओमान जित विहिन छ। ओमान हिजो अफगानिस्तनसँग ८ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो। अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्नेछ।

यसैबीच अफगानिस्तानले पनि आफ्नो दुई खेलमा जित दर्ता गर्दै शिर्ष स्थानमा रहेको छ । उसले सोमबार हङकङलाई पराजित गरेको हो । नेपाल र अफगानिस्तानको समान जित रहे पनि नेट रनरेटका आधारमा नेपाल पछि परेको हो । यो प्रतियोगितामा विजेताले विश्वकप खेल्न पाउने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।