ताजा अपडेट »

दशकौैंपछि यो वर्ष उठेन विस्का जात्राको लिंगो

सोमबार, ०१ बैशाख २०८२, १० : ०६
14 Shares
सोमबार, ०१ बैशाख २०८२
14 Shares

भक्तपुर । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो आइतबार उठाउन असफल भएको छ ।

भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो (लिंगो) उठाउन सफल नभएको हो । राति १ बजेसम्म पनि आधी मात्रै उठन सफल भएको थियो । नउठेको लिंगोलाई आज भए पनि उठाई आजै ढाल्ने परम्परा छ ।

आज दिउँसै उठाउन सफल भए पनि ढाल्न भने साँंझ मात्रै ढालिने परम्परा छ । दशकपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो । यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।