बुटवल । आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध टस जितेर पहिलो फिल्ड गर्दै छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जित्दै बलिङ गर्ने निर्णय लिँदा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । दर्श सोनारको स्थानमा बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डल टोलीमा समेटिएका छन् ।
नेपालको प्लेइङ ११ : निरज यादव, साहिल पटेल, नरेन भट्ट, रोशन विक, सन्तोष यादव, दिलसाद अली, अशोक धामी, अभिषेक तिवारी, अपराजित पौडेल, दयानन्द मण्डल, युवराज खत्री
नेपालले पहिलो खेलमा यूएईलाई डीएलएस पद्दतिमा ५ रनले हराउँदै विजयी सुरुवात गरिसकेको छ । अफगानिस्तानले पनि पहिलो खेलमा ओमानलाई सहजै पराजित गर्दै विजयी सुरुवात गरेको थियो । आज तल्लो रंगशालामा अफगानिस्तान र हङकङ खेल्दैछन् । ५ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले विश्वकप खेल्न पाउनेछ ।
प्रतिक्रिया