काठमाडौं । वीरगञ्जमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव अन्त्यका लागि ५ बुँदे सहमति भएको छ ।
पर्सा प्रशासनमा भएको सर्वपक्षीय, सर्वदलीय बैठकपछि सहमति जुटेको हो । आइतबार बिहानदेखि प्रशासक, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका जिल्लास्तरीय नेता र धार्मिक अगुवाको बैठकमा उक्त सहमति भएको हो ।
सर्वपक्षीय निर्णयका बुँदमा घटनाको विस्तृत छानबिन गरी संलग्न दोषीहरूलाई अनुसन्धान गरी कारवाही गर्ने, अन्तरधार्मिकरसाम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानूनी कारवाही प्रकृयामा सहयोग पुर्याउने, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने । क्षतिको परिपूरणका लागि प्रशासनले पहल गर्ने, कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियार प्रदर्शन नगर्ने, गरेमा कारवाहीको दायरामा ल्याउने विषय समेटिएको छ ।
त्यस्तै पर्सामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा तत् संस्थाबाट सञ्चालित विद्यालयरमदरसाको सुक्ष्म अनुगमन गरी अन्यथा देखिए कारवाहीको दायरामा ल्याउने पनि सहमति भएको छ । शनिबार दिउँसो हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्रा नगर परिक्रममा गर्ने क्रममा छपकैयामा ढुंगा हानिएपछि दुई समूहबीच झडप भएको थियो । अवस्था तनावपूर्ण बनेपछि हिजो अपरान्हबाट जारी कफ्र्यू आज मध्यरातसम्म लम्ब्याइएको छ ।
झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । प्रहरी र प्रदर्शनकारी गरी ४० जनाजति घाइते छन् ।
प्रतिक्रिया