ताजा अपडेट »

छोरीबुहारीले धानेको नवलपरासीको पाल्ही क्याम्पस

आइतबार, ३१ चैत्र २०८१, १६ : ३७
138 Shares
आइतबार, ३१ चैत्र २०८१
138 Shares

नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ४, जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरूको बाहुल्य छ । त्यसमा पनि मधेशी समुदायका छात्राहरूको संख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरूमध्ये विवाहित र अविवाहितको संख्या बराबरजस्तै छ । 

तराई क्षेत्रमा विवाह भएपछि अधिकांशले बुहारीलाई पढाउन स्कुल, कलेज नपठाउने प्रचलन अझ पनि कायमै छ, तर अहिले भने क्रमशः त्यो प्रचलन हट्दै गएको छ । त्यसको उदाहरण यही क्याम्पसमा अध्ययन गर्न आउने विवाहित छात्रालाई लिन सकिन्छ । 

पाल्ही क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरू सबैजसो स्थानीय ग्रामीण भेगका छन् । विद्यार्थी संख्या हेर्दा उक्त क्याम्पस ग्रामीण क्षेत्रका छोरीबुहारीले चलेको भन्दा फरक पर्दैन । क्याम्पस प्रशासनका अनुसार, क्याम्पसमा अध्ययन गर्ने छोरीबुहारीको संख्या ७४ प्रतिशत छ । यस क्याम्पसमा कुल विद्यार्थी संख्या ५०१ छ, जसमा छात्राको संख्या ३७० रहेको क्याम्पसका सहायक प्राध्यापक सञ्जीव कोइरालाले जानकारी दिए । जिल्लाकै पहिलो क्याम्पसका रूपमा रहेको यो क्याम्पस १२ वैशाख २०४६ देखि सञ्चालनमा आएको हो ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको हुनाले यो क्याम्पस अध्ययन गर्नेहरू अधिकांश मधेशका छोरीबुहारी छन् । रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सराबल गाउँपालिकाबाट विद्यार्थीहरू अध्ययनका लागि यहाँ पुग्ने गरेका छन् । आर्थिक अवस्था राम्रो भएकाहरू भैरहवा, बुटवल र काठमाडौं अध्ययनका लागि जाने गरेका छन् । तर, कम आयस्रोत भएका र विवाहित तथा मधेशी समुदायका अधिकांश छोरीको उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाका रूपमा यो क्याम्पस रहेको छ ।

पछिल्लो समय मधेशी समुदायमा पनि शिक्षाको चेतना बढेपछि छोरीबुहारीहरू उच्च शिक्षाका लागि आउने गरेको सहायक प्राध्यापक कोइरालाको बुझाइ छ । घरमा ससाना नानीबाबुलाई छाडेर उनीहरू बिहानको समयमा क्याम्पस आउने गरेका हुन् । बिहानी कक्षा भएकाले पनि उनीहरूको पढ्ने इच्छा पूरा हुनमा मद्दत गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका– २ बस्ने प्रियङ्का कुमारी मिश्रा यसको उदाहरण हुन् । उनी विवाहित हुन् । श्रीमान्, सासूससुराको सहयोग र प्रेरणाले उनी अहिले पाल्ही क्याम्पसको स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी भन्छिन्, ुम शौभाग्यशाली छु, राम्रो परिवार पाएकी छु र उहाँहरूले नै मलाई प्रेरणा दिएर पढ्न पठाउनुभएको छ ।ु

हुन त प्रियङ्काले पहिलोपटक २०७४ सालमा क्याम्पसमा स्नातक तहमा भर्ना भएर प्रथम वर्षको परीक्षा पनि उत्तीर्ण गरिन् तर दोस्रो वर्षको परीक्षा भने दिइनन् । पढाइ बीचमै छोडिन् । पढाइ छोड्नुको कारण उनको पारिवारिक समस्या वा चुनौती थिएन, उनी आफैँले छोडेको थिइन् । उनले भनिन्, ुदोस्रो वर्षको परीक्षा दिने बेलासम्म मेरो बच्चा जन्मियो, अनि पढाइ रोकियो । त्यसपछि मेरो बच्चा ठूलो भयो र म २०७९ सालमा फेरि सुरुदेखि पाल्ही क्याम्पसमा भर्ना भएर पढाइलाई निरन्तरता दिँदै छु ।ु 

उनी भन्छिन्, ुम ब्राह्मण समुदायको बुहारी हुँ र हाम्रो समुदायमा छोराछोरी जन्मिएपछि बुहारीले पढाइलाई निरन्तरता दिएका कमै होलान् । अझै म मधेशको पनि भारतसँग सीमा जोडिएको बस्ती, समुदायकी हुँ, जहाँ अहिले पनि बुहारीहरू घरकै कामकाजमा व्यस्त देखिनुहुन्छ । तर, मेरो श्रीमान् र सासूससुराले शिक्षाको महत्त्व बुझेर होला, मलाई पढ्नबाट रोक्नु भएन र अवसर दिनुभयो ।ु

ऋन् न्चयगउएचबदजग
प्रियङ्काजस्तै अन्य बुहारीहरूले पनि यसैगरी विवाहपछिको पढाइलाई निरन्तरता दिएका छन् । नवलपरासीको सुनवल नगरपालिका–९ सोवाठी माइत भएकी अनिताको रुपन्देहीको रोहिणी गाउँपालिका–२ मा कक्षा १२ सम्म पढेपछि बिहे भयो । बिहेपछि पढाइले निरन्तरता पाउँछ भन्नेमा उनलाई शङ्का थियो । तर, अनिता अहिले पाल्ही क्याम्पसमा स्नातक तहमा अध्ययनरत छिन् । उनले भनिन्, ुमेरो श्रीमान्‌ले नै पढ्नुपर्छ भनेर मलाई हौसला दिनुभएको हो । अहिले म माइतमा बसेर पाल्ही क्याम्पस धाउँदै छु ।ु

अझै परिवारमा सबै कुरालाई व्यवस्थापन गरेर निरन्तर कक्षामा सहभागी हुन मधेशका बुहारीलाई चुनौतीको विषय हो । तर, उनीहरू सबै काम र पारिवारिक सम्बन्धलाई राम्रो बनाउँदै दिनहुँ कक्षामा उपस्थित हुन्छन् । उनीहरूमध्ये सबैभन्दा बढी चुनौती स्नातक तहमै अध्ययनरत छात्रा रामग्राम– ७, उजैनी बस्ने चन्दा हरिजनलाई छ । चन्दाका दुई बच्चा छन् । सानो बच्चा सात महिनाको छ । तर, उनी कक्षामा नियमित उपस्थित हुने गरेकी छन् । भन्छिन्, ुमेरा दुवै बच्चालाई सासूससुराले हेरचाह गर्नुहुन्छ, म बिहानै कलेज आउँछु । क्याम्पसबाट घर गएर बालबच्चाको हेरचाहपछि फुर्सद निकालेर पढ्ने गरेकी छु । मेरो पढाइलेखाइमा मलाई सासूससुराको ठूलो सहयोग छ, नत्र सातमहिने बच्चालाई घरमा छोडेर म कसरी पढ्न पाउँथेँ र रुु 

बुहारी पढ्न जाने भएपछि बिहानको खाना बनाउन सासूससुराले सघाउने गरेको उनले सुनाइन् । ुबच्चालाई आवश्यक कुराहरू बेलुकै तयार गर्छु । उनीहरूलाई बिहान आवश्यक पर्ने लत्ताकपडा सबै मिलाएर मात्रै म बिहान क्याम्पस पढ्न आउँछु,ु उनले भनिन् । 

त्यस्तै, रामग्राम नगरपालिका– १५, घिन्हा बस्ने रिनु चौधरीको पनि पारिवारिक अवस्था उस्तै छ । उनको पनि १३ महिनाको बच्चा छ । परिवारकै जिम्मा लगाएर निरन्तर कक्षामा सहभागी हुने गरेको उनले सुनाइन् । ुपरिवारमा रहेका सासूससुरा र श्रीमान्‌को सहयोग भएन भने पढाइलाई निरन्तरता दिन गाह्रो छ । तर, यो सबै सम्भव भएको पनि पाल्ही क्याम्पसले हो भनेर उहाँहरूले क्याम्पसलाई श्रेय दिनुभएको छ । क्याम्पस नजिक छ, हाम्रा अभिभावकको मन जितेको छ, त्यसैले हामीले पढाइलाई बुहारी भएर पनि निरन्तरता दिन पाएका छौँ,ु रिनुले भनिन् । 

ुपरासीसम्म बुटवल र भैरहवादेखि बस नै आउँछ तर हामीलाई घरदेखि लिएर पढाइका सबै कुरा व्यवस्थापन गर्न पाल्ही क्याम्पसले मात्रै सम्भव भएको पायौँ र यसै क्याम्पसलाई रोजेका छौँ । हाम्रो समुदायस्तरमा छोरीबुहारीलाई घरभित्रको काममा मात्रै सीमित गर्ने चलन पनि यसै क्याम्पसले तोड्दै छ,ु उनीहरू भन्छन् । 

हामीलाई थोरै चुनौती जाडो समयमा हुने गरेको छ, चन्दा हरिजन भन्छिन्, ुजाडो समयमा अबेरसम्म अँध्यारो नै हुन्छ र त्यसमा पनि जाडो । त्यसैले अँध्यारोमा अन्य केही समस्या नहोस् भनेर सकेसम्म हाम्रो घरका कोही न कोही सदस्य क्याम्पस नजिकसम्म छोड्न आउनुहुन्छ । हामी सबैको घर क्याम्पस नजिक छैन, कसैको घर १० किलोमिटर टाढा त कसैको सातरआठ किलोमिटर छ । हामी कलेज जाँदा साइकल लिएर जान्छौँ । त्यसैले अँध्यारोमा कसैले हामीसँग दुर्व्यवहार नगरोस् भनेर सकेसम्म हामी अभिभावकको सहयोगमा जाडो समयमा क्याम्पस आउने गरेका छौँ ।ु

क्याम्पसको भौतिक अवस्था केही वर्षपहिला खासै राम्रो नभए पनि अहिले सुधार हुँदै गएको क्याम्पस प्रमुख दीपक अर्यालले बताउँछन् । ुकुनै समय यसै क्याम्पसमा कक्षाकोठाको अभाव थियो तर अहिले हामीले त्यो सबै व्यवस्थापन गरिसकेका छौँ, उनले भने । 

स्थानीय रामग्राम नगरपालिका, विश्वविद्यालय अनुदान आयोगको सहयोग र यसै क्याम्पसको संयुक्त लगानीमा अहिले महिला शौचालयसहित भौतिक सुविधामा सुधार भएको छ । पढ्ने इच्छा भएको तर पारिवारिक समस्याले टाढा जान नपाउने छात्राहरूका लागि यो क्याम्पस सबैभन्दा बढी रोजाइमा पर्ने गरेको अर्यालले बताए । 

त्यससँगै क्याम्पसमा आकर्षण बढ्नुमा छात्रवृत्तिको व्यवस्थाले पनि हो । ुसंघ र प्रदेश सरकारसँगको सहकार्यमा बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थापन गरेका छौँ,ु प्रमुख अर्यालले बताए, ुखासगरी दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध हुँदै आएको छ ।ु

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकले क्याम्पसको स्तरोन्नतिका लागि आफू निरन्तर प्रयासमा रहेको बताए । उनले भने, ुक्याम्पसमा कुनै समय विद्यार्थीहरूको अभाव थियो । तर, अहिले धेरै सुधार छ ।ु 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।