ताजा अपडेट »

नेपालको सिनियर क्रिकेट टोली कुवेतसँग पराजित

आइतबार, ३१ चैत्र २०८१, १४ : ५९
84 Shares
आइतबार, ३१ चैत्र २०८१
84 Shares

बुटवल । नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी २० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ‌। नेपाल ३ रनले पराजित भएको हो ।

खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले मात्र उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। जितको लागि १ सय ७५ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ७१ रनमा समेटियो।

अत्यन्त खराब सुरूवात गरेको नेपालले २८ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा तथा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बिना रनको खाता नखोली आउट भए। यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो। कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए। सोमपाल कामी ४ रनमा, गुल्सन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो ।

मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो। यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८ ओभर २ बलमा ३७ रन जोडेर आउट भए। यतिखेर नेपालले १६४ रन बनाएको थियो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरूरी थियो। अनुदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे। तर उनी यसको दुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो। बसिरले विष्फोटक ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छकमका सहित ८० रनको पारी खेले। तर पनि नेपाल पराजित हुन पुग्यो।

बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले २र२ विकेट झारे। यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनायो। 

नेपालका लागि बलिङमा नन्दन यादवले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए। सोमपाल कामीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए। करण केसी र कुशल भुर्तेलले समान १/१ विकेट लिए। यो खेलमा ललित नारायण राजवंशी विकेट विहिन रहे।

नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।