बुटवल । आइसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले युएईलाई २०१ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कप्तान नरेश भट्टको सानदार अर्धशतकमा नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गरेको हो । नरेशले ७५ बलमा ७ चौकासहित टोलीका लागि ६७ रनको महत्वपूर्ण योगदान गरे।
दिलशाद अलीले ४० बलमा १ छक्कासहित ३४ रन जोडे। साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन बनाए ।युएईका उदिश सुरी ३, सालोम डिसुजा र युग शर्माले समान २ विकेट लिए।
प्रतिक्रिया