ताजा अपडेट »

सामाजिक सञ्जाल दर्ता हुने म्याद एक साता मात्र बाँकी, मेटाले गरेन वास्ता

आइतबार, ३१ चैत्र २०८१, १४ : १६
66 Shares
आइतबार, ३१ चैत्र २०८१
66 Shares

काठमाडौं । फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेका छन् ।फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरलाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसके पनि जवाफ नआएको अधिकारीहरूले बताए ।

शुक्रवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चैत मसान्तभित्र दर्ता हुन नआएमा नेपालमा फेसबुक बन्द गरिदिने चेतावनी दिएका थिए । उनले भनेका छन्, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको दुई महिना भइसक्यो, तर कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभएमा बन्द गरिदिन्छौँ ।’

चैत मसान्त आजै हो । मन्त्री गुरुङले आजसम्मको म्याद दिए पनि मन्त्रालयले तत्काल बन्द गर्ने तयारी गरेको छैन । खासमा दर्ताको लागि दिइएको म्याद एक हप्ता बाँकी छ । पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र दर्ता हुन भनिएको थियो । त्यसैले सरकारले दिएको म्याद नै वैशाख ७ सम्म हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।