ताजा अपडेट »

टी-२० आई शृङ्खलाः नेपालले पायो एक सय ७५ रनको लक्ष्य

आइतबार, ३१ चैत्र २०८१, १३ : ५४
32 Shares
आइतबार, ३१ चैत्र २०८१
32 Shares

काठमाडौँ,।  हङकङमा जारी चारदेशीय टी(२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कुवेतले नेपाल सामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको हो । 

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए ।

क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् । 

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुईरदुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट हात पारे । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।