ताजा अपडेट »

यू-१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

आइतबार, ३१ चैत्र २०८१, ०७ : ४६
32 Shares
आइतबार, ३१ चैत्र २०८१
32 Shares

काठमाडौं । आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै छ । 

आजदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन हुनेछन् । नेपालले पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा टोलीमा रहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।