ताजा अपडेट »

सिड्नीमा पत्रकार महासंघ अध्यक्ष शर्मालाई स्वागत तथा सम्मान

शनिबार, ३० चैत्र २०८१, २२ : ०४
22 Shares
शनिबार, ३० चैत्र २०८१
22 Shares

सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)ले सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अघ्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान व्यक्त गरेको छ । अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था एन्जाले नेपाल पत्रकार महासंघको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले राजावादीको नाममा अराजक समुहले गरेको आन्दोलनमा पत्रकार सुरेज रजकको हत्या र सञ्चार माध्यममाथि गरिएको आगजनी र तोडफोडप्रति घोर आपत्ति र भ्रत्सना गर्दै प्रेस माथिको दमन कुनै पनि हिसाबमा क्षम्य नहुने बताइन् । उनले दोषी माथि हदैसम्मको कारबाही हुनुपर्ने बताइन् । 

‘यतिबेला पत्रकार महासंघ आन्दोलनमा छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा एक्येवद्धता जनाउन अपिल गर्दछु ।’–अध्यक्ष शर्माले भनिन् । कार्यक्रमा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई, वरिष्ठ पत्रकार करिवर राणा, पत्रकार सचिन पोखरेल लगायतलाई सम्मान गरिएको थियो ।

अध्यक्ष कृष्ण तिवारी, संरक्षक हेमन्त काफ्ले, डा. संसेरसिंह थापा तथा पत्रकार प्रदीप तिमिल्सिनाले प्रवासमा रहेर पत्रकारिता गर्न कठिन हुँदाहुँदै पनि आफूहरुको पेशा प्रतिको लगावका कारण धेरै नेपाली पत्रकारले मिडियालाई समय छुट्टाएर पनि काम गरिरहेको बताए । अष्ट्रेलियामा करिब दुई लाख नेपालीको संख्या रहेकोले नेपाली मिडियाको भविष्य निक्कै नै राम्रो भए पनि व्यवसायिक हुन नसकेको अध्यक्ष तिवारीले बताए । तिवारीले एन्जाले पत्रकार महासंघ मार्फत नेपाली पत्रकारको सुऱक्षा लगायतका विषयमा सहकार्य गर्ने  बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।