अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्देशनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने बताएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालले आयोजना गरेको देशको वर्तमान राजनीतिक परिस्थिति बिषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै नेता वलीले यस्तो बताएका हुन् ।
नेता वलीले भने, यो सत्ताबाट पनि र यो व्यवस्थाबाट पनि जनताको मुक्ति हुनेवाला छैन । राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू अत्यन्तै विकराल बनेर गएका छ । अब यो व्यवस्था चल्न सक्दैन । हामीले यो राज्यसत्ता र यो संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने जनताको लागि बैज्ञानिक र समाजवादी व्यवस्थापन अपरिहार्य भएको छ।,
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार भेष बहादुर केसि, एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहान, नयाँ शत्तिका नेता पुष्कर आचार्य , पत्रकार शोभाखर पन्थी नेपाल कम्युनिस्ट पार्टीका नेता पदम सि प्रगतिशिल लेखक संघका अध्यक्ष कुष्ण भुसाल रास्वपाका सभापति हरि भुसाल, पाणिनि क्याम्पसका प्रमुख बुद्विराम भुसाल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा देशका परिस्थितिको बारेमा नेता वली ले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया