कविता खनाल / कुनै पनि देश समृद्ध वा विकसित हुन युवा जनशक्तिको मूख्य भुमिका रहन्छ त्यसैले त भनिन्छ युवा देशका मेरुदण्ड हुन् भनेर । हामीले हाम्रो मनोविज्ञानलाई नियाल्यौं भने यस्तो लाग्छ कि आजको वर्तमान समयमा प्रत्येक विद्यार्थी प्रविणता तह उत्तिर्ण हुना साथ विदेश पढ्न जाने होडबाजीमा विभिन्न कन्सल्टेन्सीहरुमा धाउने गरेको देखिन्छ ।
आज हाम्रै समाजमा छोराछोरी अमेरिका र युरोपिएन राष्ट्रमा हुँदा घर परिवार र आफन्तमा गर्व गर्ने अवस्था देखिएको छ । समाजको अवस्थिती माथि गहिरो विश्लेषण गर्ने हो भने विदेश पलायन भएका युवा युवतीहरु वैदेशिक विलासितामा रमाएर घर परिवार आफन्त र देश बिर्सिरहेका उदाहरण प्रसस्त पाईने गरेका छन ।
यसले उनीहरुको ब्यक्तिक जिवन त केही हदसम्म सफल होला तर घर परिवार र राज्यका लागी ठुलो घाटाको विषय बन्न का साथै सामाजिक, आर्थिक र पारिवारिक विभाजन निम्त्याएको देख्न सकिन्छ ।
नेपालमा वैैदेशिक रोजगार सम्बन्धी ऐनको व्यवस्था २०४२ सालदेखि सुचारु भएको पाइन्छ । उक्त ऐन लागु भएपछि रोजगार प्रदान गर्ने उद्धेश्यले विभिन्न संघसंस्थाको देश भित्र विकासक्रम भएको पाईन्छ । राजनीतिक परिवर्तनसँगै विश्वव्यापिकरणको नीति अनरुप वैदेशिक क्षेत्रमा जानेको संख्या तीव्र विकास भएको पाईएको छ ।
नेपाली श्रम बजारमा प्रति वर्ष चार लाख भन्दा बढी श्रम बजारमा प्रवेश गरेको तथ्याङ्क ले पुष्टाउँछ । रोजगार बृद्धिदर ३.२५ ले बृद्धि बिकास भएको छ यसबाट पनि प्रष्ट बुझ्न सकिन्छ कि नेपालमा बेरोजगारी समस्याका कारण वैदेशिक रोजकार विकल्प बन्न पुगेको छ । प्रत्येक राष्ट्रको परिवर्तनका संवाहक युवा जनशक्ति पलाएन हन् चिन्ता र चिन्तनको विषय बनेको छ ।
वर्तमान परिपेक्ष्यमा अर्थतन्त्र र रोजगारीका सन्धर्वमा वैदेशिक रोजगारको क्षेत्रले महत्वपर्ण भूमिका निर्वाह गरेको छ तर अर्थतन्त्रको मेरुदण्डको रुपमा यसले स्थान लिए पनि युवा जनशक्ति विदशिनु भनेको ठुलो घाटा हुनु हो होइन र ? ती विदेशिएका दिदिभाई दाजबहिनीहरु आफ्नो आफन्तजन घरपरिवार र देशको माया नभएर विदेशिन बाध्य भएका हन त ? किमार्थ होइन यसको मुल कारण भनेको रोजगारीको अभाव र अस्थिर राजनीतिक प्रणाली नै हो ।
अझ भन्नु पर्दा केही प्रतिशत आफ्नो देशमा नै केहीगर्नु पर्छ भन्ने उद्धेश्यले उद्यमशिल बनेका युवा उद्यमीहरु समेत देशको राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सरकारको अव्यवहारिक व्यवसायिक नीतिका कारण अन्ततः वैदेशिक रोजगारीका लागि जान बाध्य भएका छन् ।
यीनै विभिन्न समस्या र चुनौतिका बावजुत नेपाल सरकारले नीतिगत तहमै प्राविधिक एवं व्यवसायिक तथा उत्पादनमूखि शिक्षा प्रणालीमा अग्रसर भई ठोस नीति तथा दिर्र्घकालिन कार्ययोजनाहरु अघि सारी कार्यान्वयन गर्न पर्ने आवश्यकता देखिएको छ । निरन्तर चलिरहेको वैदेशिक यात्राको क्रमलाई न्यूनीकरण गर्नका लागि युवा लक्षित कार्यक्रम लागु गरी चेतना, सिप र शिक्षामा विशेष जोड दिँदै युवा पुस्तालाई आकर्षण गर्न सक्नु पर्दछ ।
त्यस्तै गरी उद्यमशिलता, पर्यटन विकास , कृषिमा आधुनिकीकरण र डिजिटल मार्केट लगाएतका नवपर्वद्धर्नका क्षेत्रमा युवाहरुलाई उचित अवसर, काम अनुसारको पारिश्रमिकको व्यवस्था गर्न सके केही हदसम्म युवाहरु वैैदेशिक मारको चपेटाबाट बाहिर निस्कन सक्दछन । रोजगार आर्थिक अवसर गरिवी निवारण र राष्ट्रिय अर्थत्रन्तमा पुर्याएका योगदानको दृष्टिले वैदशिक रोजगार महत्वपर्ण नै छ । प्रति वर्ष श्रमवजारमा प्रवेश गर्ने युवायुवतीको तीन चौथाइको आकर्षण केन्द्र वैदेशिक रोजगारी नै वन्न पुगेको छ ।
उच्च क्षमता भएका प्रतिभावान युवा समेत मुलक भित्र रोजगारीको अवसर नहँुदा विदेशिने गरेका छन् । रोजगारीमा कमी ल्याउन र गरीवी हटाउन सहयोग पुर्याएकोले वैदेशिक रोजगारीलाई तत्काल रोजगारीको वैकल्पिक माध्यमको रुपमा लिइएता पनि देशको लागि अवश्य पनि यो राम्रो विषय भने होइन । सरकारले मुलक भित्रै प्रयाप्त रोजगारीका अवसरको वातावरण निर्माण गर्दै विदशस जानेको संख्या घटाउने कार्ययोजना ल्याउन आवश्यक छ ।
विविध सम्भावना भएका क्ष्ोत्रका पहिचान गरीे आधुनिकीकरण, व्यवसायिक र विविधिकरण गर्न लगानीमैत्री वातावरण निमार्ण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी कर्ता आकर्षित गरी रोजगारीका क्षेत्र विस्तार गर्ने उद्योग, व्यापार, पर्यटन निर्माण आदि क्षेत्रको प्रर्वद्धन गर्ने उपलव्ध सो्रत र साधनको अधिकतम पहिचान र परिचालन गर्ने उधमसिलता तथा स्वरोजगार प्रर्वद्धन कार्यक्रमलाई स्थानीय स्तरसम्म वितरण गर्ने व्यापक जनसक्तिलाई परिचालन गर्ने र विदेशबाट स्वदेश फर्केका युवाहरुको सिपलाई प्रयोग गर्ने जिम्मा राज्यले लिने जस्ता कार्य गर्न सके वैदेशिक समस्या समाधान गर्न सकिन्छ ।
तसर्थ पनि युवाको समुचित उपभोग नीतिलाई आत्मसाथ गर्दै आन्तरिक उत्पादन र अबसर का क्षेत्र निर्धारण गरि युवामैत्री वातावरण श्रृजना गर्र्नुको विकल्प छैन ।
प्रतिक्रिया