काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन्। शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ। संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनि राख्दा अहिले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरेका थियौं।’
यस्तै, उनले जनतामा अहिले निकै ठूलो आक्रोस रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नु पर्ने बताए। उनले भने, ‘अपारदर्शि र अलोकतान्त्रिक तरिकाले संविधान मिचेर अहिलेको सरकार बनेको छ। त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोस छ। असन्तुष्टि छ, सडकमा जनता विभिन्न रुपमा उत्रि रहेका छन्। शिक्षक, डाक्टर, नर्स सबै आन्दोलनमा छन्। सरकारमा भएका बाहेकका पार्टी पनि सडकमा नै छन्। यो अवस्थामा हामीले देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुछ।’
पार्टी केन्द्रीय सदस्य रामकुमार राइको संयोजनमा केन्द्रीय कार्यालय पेरिसडाडामा राखिएको पार्टी प्रवेसमा सयजना प्रवेश भएकाछ न्।
प्रतिक्रिया