ताजा अपडेट »

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा

शनिबार, ३० चैत्र २०८१, १५ : ५०
40 Shares
शनिबार, ३० चैत्र २०८१
40 Shares

बुटवल । नयाँ वर्षसँगै युनिक डेन्टल एण्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले बुटवलमा तेस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ । बुटवल उपमहानगरपालिका-६, पुष्पलाल पार्कमा बैशाख १ गतेदेखि नयाँ प्रविधि र सेवासहित युनिक डेन्टलले आफ्नो सेवा सुरु गर्न लागेको सनिवार बुटवलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रालिले ६० लाख लगानीमा नव वर्ष २०८२ को सुखद अवसरमा बुटवल-६, पुष्पलाल पार्कमा तेस्रो शाखा संञ्चालनमा ल्याउन लागेको सञ्चालक मेघराज वुढाथोकिले जानकारी दिए । २०७४ सालमा तिलोत्तमा-५, मणिग्राम, रुपन्देहीबाट शुरु गरेको प्रालिले बुटववमा तेस्रो शाखाका रुपमा सुलभ, सुरक्षित र गुणस्तरीय दन्त सेवा सेवाग्राहिहरुसम्म पुर्याउने लक्ष्यसहित अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक र बिरामी–मैत्री सेवा दिने सञ्चालक वुढाथोकिले जनाएका छन् । स्थापनाको तीन वर्षपछि, वि.सं. २०७७ मा बाणगङ्गा-४, चारनम्बर, कपिलवस्तुमा दोस्रो शाखा स्थापना गरी सो क्षेत्रका नागरिकलाई समेत आधुनिक दन्त सेवा प्रवाह गर्दै आएको बताउँदै दन्त सेवाको नयाँ अध्याय प्रारम्भ गरेको उनको भनाई छ  ।

प्रालिका अर्का सञ्चलक जिवन बुढाथोकिले केन्द्रमा आधुनिक उपकरणहरू, डिजिटल प्रविधि, स्वच्छ वातावरण, सहज पहुँच र उच्च व्यावसायिक सेवासँगै बिरामीको सम्पूर्ण सन्तुष्टिलाई सर्वोच्च प्राथमिकतामा राखिएको बताए । डेन्टलबाट ७ सदस्यीय  विशेषज्ञ चिकित्सक टोलीले उपचारमा विशेष दक्षता दिने जनाइएको छ ।  डेन्टल इम्प्लान्ट सेवा, ब्रेसेस, कस्मेटिक डेन्टिस्ट्री , रुट क्यानल उपचार, दाँत उखाल्ने सेवा, क्राउन, ब्रिज र डेन्ट्चर सेवा, बालबालिकाको दन्त उपचार,  स्केलिङ र पोलिसिङ तथा  डिजिटल डेन्टल एक्स-रे लगायतका सेवाहरु प्राप्त गर्न सकिने डा. भावना मुल्मीले बताईन् ।

आगामी दिनमा अनलाइन अपोइन्टमेन्ट प्रणाली लागू गर्ने, बिद्युतिय मेडिकल रेकर्ड प्रणाली संचालनमा ल्याउने, विद्यालय, समुदाय र वृद्धाश्रमहरूमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने, खानपान, दन्त हेरचाह तथा बालबालिकाको दन्त सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू संचालन गर्ने,  अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि समावेशी र छुटयुक्त सेवा प्रदान गर्ने योजना रहेको सञ्चालक वुढाथोकिले सो अवसरमा जनाएका दिए ।

प्रालिमा  नयाँ शाखाको शुभारम्भको अवसरमा २०८२ बैशाख महिना भरि सबै प्रकारका चेकजाँच तथा परामर्श सेवा निःशुल्क प्रदान गर्नुका साथै सम्पूर्ण उपचार सेवामा १५% छुट दिने घोषणा गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।