ताजा अपडेट »

संघीय संसद सचिवालयद्वारा रुपन्देही-३ मा पद रिक्त रहेको सूचना जारी

शनिबार, ३० चैत्र २०८१, १४ : ४२
134 Shares
शनिबार, ३० चैत्र २०८१
134 Shares

काठमाडौं । प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको जानकारी दिएको हो। सचिवालयका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको हो । 

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना निकालेर नेपालको संविधानको धारा ८९ को खण्ड ९च० बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुन आएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को उपनियम २ मा प्रतिनिधि सभामा स्थान रिक्त भएको अवस्थामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना प्रकाशित गरेका हुन् ।

बोहराको यही चैत १९ गते निधन भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।