ताजा अपडेट »

रक्तदान कार्यक्रमको ४७ ओैं श्रृङखला सम्पन्न

शनिबार, ३० चैत्र २०८१, १३ : ३८
92 Shares
शनिबार, ३० चैत्र २०८१
92 Shares

तिलोत्तमा ।  नेपाल स्वयंसेवी रक्त दाता समाज तिलोत्तमा शाखाको नियमित रक्तदान कार्यक्रमको ४७ ओैं श्रृङखला तिलोत्तमा ( ४ , डिङ्गरनगरको जनज्योति  माध्यमिक  विद्यालयको प्राङ्गणमा  सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका कावा अध्यक्ष  पूर्णचन्द्र सुवेदीको अध्यक्षता र सदस्य अञ्जु पौडेलको  संयोजकत्वमा  सम्पनकार्यक्रमको प्रमुख  आतिथ्यता तिलोत्तमा नपा वार्ड नम् ४ का अध्यक्ष  हरिबहादुर  क्षेत्री  रहेका थिए भएको छ । नेपाल  स्वयम् सेवी रक्तदाता  समाज तिलोत्तमाको आयोजनामा सम्पन्न कार्यक्रमलाई तिलोत्तमा नगरपालिका  वार्ड नं ( ४ , जनज्योति  मावि , जनज्योति  क्लब , डिङ्गरमाई टोल  विकास संस्था , मिलन आमा समूहले  सहयोगी  संस्थाको भूमिका  निर्वाह गरेका थिए ।


    मानव जीवनको अत्यन्तै  पुण्य  काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी यो संस्थाले  नियमित रुपमा रक्तदान गर्दै आज ४७ ओँ श्रृङखला  आइपुग्दा ५ हजार भन्दा बढीले रक्तदान गरेको संस्थाका सदस्य  शंकर गौतमले बताउनु भयो । यो शाखाले रुपन्देहीको  उत्कृष्ट  शाखाको पुरस्कार  समेत पाउन सफल भएको छ ।कार्यक्रममा  सल्लाहकार राजेन्द्र कुँवर,  कृष्ण  चौहान , बाबुराम आचार्य  , दिवाकर ढकाल लगायतले रक्तदान अभियानको सफलताको   शुभकामना व्यक्त गर्नुभयो। ४७ ओँ श्रृङखला मा ४५ जनाले रक्तदान समेत गरेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सागर पाठकले गरेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।