काठमाडौँ । भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनीकाे भ्रमणमा आउने भएका छन् । उनिहरू वैशाख ५ गते भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन्वै भने बैशाख ६ गते लुम्बिनीबाट सडक मार्गबाट भारतको वाराणसी जाने उनीहरूको कार्यतालिका रहेकाे छ ।
भियतनामका बौद्ध धर्मावलम्बीहरूले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका छन् ।
भियतनामीहरूकाे प्रमुख धार्मिक गन्तव्यको रूपमा लुम्बिनी रहकाे छ ।
प्रतिक्रिया