नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना गरेको स्वाद उत्सव आज सम्पन्न भएको छ । गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव देशभरका १८ शाखाबाट झण्डै २ लाख पाहुनालाई स्वाद चखाउँदै शुक्रबार सम्पन्न भएको हो ।
स्वाद उत्सवको नेपालगन्जबाट समापन गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले स्वाद उत्सवमा सहभागी पाहुना तथा लगानीकर्ता, कर्मचारी पत्रकार एवं सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । उनले पाहुनाहरुबाट आएको सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा अझै परिस्कृत र स्वस्थकर परिकारहरु पौवामा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
नेपालगन्जमा ५ तारे होटलको निमार्ण प्रारम्भ भइसकेको जनाउँदै भण्डारीले २ वर्ष भित्र पूर्ण सेवा दिनेगरि काम भइरहेको जानकारी दिए । उनले आवासिय भवन निर्माणाधिन रहेपनि रेष्टुरेन्ट, ब्याङ्केट, क्याबिनबाट पौवाले सेवा दिन सुरु गरिसकिएको बताए ।
पौवाले नेपाली नयाँवर्षको अवसरमा आफ्नो ५ वटा शाखामा न्यु इयर इभ गर्ने भएको छ । नवलपुरको हर्कपुर शाखा, रुपन्देहीको भैरहवा र बुटवल शाखा तथा दाङको भालुवाङ र घोराहीमा न्यु इयर इभ आयोजना गरिएको पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।
प्रतिक्रिया