ताजा अपडेट »

एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा: प्रदीप ज्ञवाली

शुक्रबार, २९ चैत्र २०८१, २१ : ११
32 Shares
शुक्रबार, २९ चैत्र २०८१
32 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताएका छन् ।  

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको तयारीका सम्बन्धमा आज बसेको एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा उनले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बताए । उनले अहिले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक षडयन्त्रहरू भइरहेको उल्लेख गर्दै उहाँले राजवादीको नाममा काठमाडौँमा गराइएको घटना त्यसकै उदाहरण भएको बताए ।

“एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले”, उनले बताए ।  

पार्टीको जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसैलाई दृष्टिगत गरी एमालेले युवा केन्द्रित अभियान सुरु गरेको जानकारी दिए ।  पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उनको भनाइ छ ।

स्थायी कमिटी सदस्य समेत रहनु भएका ढकालले वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउन पार्टीका सबै जनसङ्गठनलाई आग्रह गरे ।  बैठकमा  नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, जनसङ्गठनका प्रमुखहरूको सहभागिता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।