ताजा अपडेट »

कांग्रेस तिलोत्तमा ६ द्वारा कार्यकर्ता भेटघाट कार्यक्रम

शुक्रबार, २९ चैत्र २०८१, २० : ४६
88 Shares
शुक्रबार, २९ चैत्र २०८१
88 Shares

तिलोत्तमा । नेपाली कांग्रेस वडा कार्यसमिती तिलोत्तमा नगरपालीका- ६ को आयोजनामा नयां वर्षको शुभकामना आदान प्रदान तथा कार्यकार्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शुभकामना दिंदै नेपाली कांग्रेस रुपन्देहीका सभापती एवं तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खांणले  नयां वर्षमा कांग्रेस सम्वद्ध भातृ संगठन तथा कार्यकर्ताले अझ दृढ भएर पार्टीलाई बलियो बनाउने र समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले कांग्रेस इतिहांस, वर्तमान र भविष्य बोकेको पार्टी भएको बताए । उनले कुनैपनि दलसंग कांग्रेसको तुलना गर्न नमिल्ने भन्दै दलका शिर्ष नेताले मुलुकलाई बचाउनकै लागि पदीय लोभ छोडेर एक कदम पछि बसेर काम गरिरहेको बतँए । हामीले बुझ्न जरुरी छ, पार्टीले मुलुकलाई द्धन्द्धमा फंस्न नदिनका लागि सरकारलाई झकझकाउने, सुझाव दिने काम गरिरहेको छ, उनले भने, ईमान्दारिताको अहोदा बोकेको कांग्रेस पार्टीका कार्यकर्ताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्नुपर्छ ।

 खांणले पार्टीमा आस्थावान व्यक्ति र नगरका अन्य नागरिकले समेत मत दिएर पदको जिम्मेवारी बोकाएकाले आफु र सिंगो पालीकामा रहेका जनप्रतिनिधीले तिलोत्तमालाई विश्वमाझ चिनाउनेगरि काम गरिरहेको जनाए । उनले भने, गाउं गाउंबाट सबै जुटेर पालीकाको उन्नतीमा टेवा पुर्याउने कर्तव्य बहन गरिरह्यौं भने सर्वोत्कृष्ट पालीका बनाउन सकिन्छ । उनले कांग्रेसका कार्यकर्तालाई आफ्नो वडामा सरसफाई र जन्मदिनमा विरुवा रोपेर नगर विकासमा टेवा पुर्याउन आगैह समेत गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र न २ का प्रदेश उपसभापति एवं तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठकले पार्टीको मर्म बुझेर तरुण, नगर, वडा समितीले काम गर्नुपर्ने बताए । उनले कार्यकर्ताको जागरुकता सेलाउंदा पार्टीलाई असर पर्ने भएकाले युवाहरु गम्भिर भएर पार्टीको काम, आफ्नो जिम्मेवारीमा पुर्ण बन्नुपर्ने बताए । आगामी वर्ष कांग्रेसले आफ्ना कार्यकर्ता तथा अग्रजबाट पार्टीलाई थप बलियो बनाउने काम गरेर उर्जा थप्न भुमिका खेलीनुपर्ने जनाए । 

साथै उनले वडामा आफु निर्वाचित भइरहंदा आफ्ना कामबाट सन्तुष्टी नभए, वडाको विकासमा काम नगरेको महशुस भए आफैलाई प्रत्यक्ष सल्लाह दिन आग्रह गर्दै चोक र चिया पसलमा गरिने कुराले नेतृत्व र साथ दिने दुवैलाई हाानी हुने बताए । उनले भने, आफ्नो नेतृतवले गरिरहेका राम्रा कामको प्रचार गर्न कन्जुस्यांई नगरिकन सबै अघि बढ्न सके, हामी थप सशक्त बन्दै जानेछौं ।

उक्त कार्यक्रमको अवसरमा नेपाली कांग्रेस वडा समिती ६ लाई विभिन्न समयमा सहयोग गर्ने, कांग्रेसको गर्वलो ईतिहांस रच्न टेवा पुर्याएका अग्रज तथा सहयोगी व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका वडाको तरुण दल कार्यसमिती साथै किसान संघ कार्यसमिती समेत गठन गरिएको छ । कृष्ण वस्यालको अध्यक्षतामा गठित तरुण दलमा विष्णु श्रेष्ठ र शिव कुंवर उपाध्यक्ष, सुनिता भुषाल सचिव, मन्जु अधिकारी सह सचिव, केशव पुन कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा अन्तृषल गुरुङ, यानीष चौहान रहेका छन् । कार्यक्रममा नारायण भुषालको नेतृत्वमा किसान संघ समेत गठन गरिएको हो ।

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै वडा सभापति युवराज भण्डारीले आफ्नो टिमले पार्टीको जिम्मेवारी बहनमा अहम भुमिका निर्वाह गरिरहेको र भविष्यमा समेत गरिरहने बताए । उनले युवालाई साथमा लिएर पार्टी अघि बढिरहेकाले वडागत तहमा झनै सशक्त भएर तरुण युवा र आफ्नो समितिले काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम नेपाली कांग्रेस वडा न ६ वडा समितीका सचिव सागर पाठकको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।