ताजा अपडेट »

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन बुटवलद्वारा शुभकामना आदान प्रदान

शुक्रबार, २९ चैत्र २०८१, १९ : ४३
104 Shares
शुक्रबार, २९ चैत्र २०८१
104 Shares

बुटवल। नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका आयोजनामा आज नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो लोकार्पण गरिएको छ ।

उक्त कार्यक्रम नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका अध्यक्ष अनिल कुमार माण्डव्यको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। 

कार्यक्रमको संचालन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवलका सचिव त्रिदेव बुढाथोकीले गरेका थिए। । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख सावित्रा अर्याल , नगरपालिका कर्मचारी  एशोसिएसनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रवक्ता शिव राना लगायत शुभकामना मन्तब्य राखेको थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले बुटवल उपमहानगरपालिकाले नगरको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधिहरु सहकार्य गरीसँगै अघि बढ्नुपर्ने बताए ।  उनले नववर्षको पुर्व सन्ध्यामा सबै जनप्रतिनिधि कर्मचारीहरुले नगरको विकासको दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए। उपप्रमुख सावित्रा अर्यालले जनप्रतिनिधि र कर्मचारीहरुले जनचाहना अनुरुप बुटवल समृद्धि यात्रामा अहोरात्र खटिन आग्रह गरिन्।

सो कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य ज्ञान प्रसाद अयार्ल, ठगिश्वर पोखरेल, बडा अध्यक्षहरु तथा नगरसभा सदस्यहरु तथा उपमहानगरपालिका सबै महाशाखा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा नयाँ वर्षका लागि एशोसियसनका गतिविधि समावेश रहेको भित्तेपात्रो बिमोचन समेत गरिएको थियो ।

489898684_3693661867592543_5337528293244099485_n

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।