काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरी काठमाडौं लगिएको छ ।
दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाई छ ।
प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए । उनलाई ‘भारतबाट पक्राउ गरी नेपाल ल्याइएको’ समाचार सार्वजनिक भएपछि समाचार खण्डन गर्दै विहिबार प्रहरी प्रधान कार्यालयले विज्ञप्तिनै जारी गरी पक्राउ नगरिएको उल्लेख गरेको थियो ।
प्रतिक्रिया