काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्न सुझाव दिएको छ । आयोगले शुक्रवार अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गरेको प्रतिवेदनमा आगामी पाँच वर्ष सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्न सुझाव दिएको हो ।
सरकारले दिएको कार्यादेश बमोजिम २०८१ कात्तिकको दोस्रो हप्तादेखि अध्ययनको काम प्रारम्भ गरी आयोगले आज प्रस्तुत गरेको थियो । ‘आगामी पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने’, आयोगको उक्त प्रतिवेदनमा उल्लेख गर्दै यस्तो सुझाव दिएको छ ।
त्यस्तै, उच्चस्तरीय आर्थिक सुझाव आयोगले भत्ता पाउने उमेर पनि बढाएर ७० वर्ष बनाउन सुझाव दिएको छ । सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउने । उक्त ऐनमा व्यवस्था भएका भत्ताहरूबाहेक अन्य भत्ता बजेटमा घोषणा नगर्ने आयोगको सुझाव छ ।
प्रतिक्रिया