ताजा अपडेट »

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो

शुक्रबार, २९ चैत्र २०८१, ११ : ५०
56 Shares
शुक्रबार, २९ चैत्र २०८१
56 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।