ताजा अपडेट »

तिलोत्तमामा सम्पन्न भयो तान बुन्ने १५ दिने तालिम

शुक्रबार, २९ चैत्र २०८१, ०७ : ४४
108 Shares
शुक्रबार, २९ चैत्र २०८१
108 Shares

तिलोत्तमा । नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको हाते तान बुन्ने १५ दिने तालिम सम्पन्न भएको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरको आर्थिक सहयोगमा संघले सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको थियो । 

तालिमको समापन गर्दै तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँणले सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे । सीप सिक्नुमात्र ठूलो कुरा नभएको बताउँदै त्यसलाई व्यवहारमा प्रयोग गरी व्यवसायिक प्रयोग र आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए । महिलाहरुलाई आर्थिक क्रियाकलपामा सक्रिय हुन आग्रह गर्दै उनले त्यसका लागि तिलोत्तमाले विभिन्न व्यवसायिक सीप बिकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत गरे । नेपाल मगर महिला संघ केन्द्रीय सचिव चन्दा थापाले महिलाहरुको आर्थिक समृद्धिले मात्रै उनीहरुलाई आत्ननिर्भर बन्न सहयोग गर्ने उल्लेख गरिन् । समाजमा समान आर्थिक हैसियत स्थापित गर्न सकेमा महिला अधिकार स्थापित गर्न सकिने बताइन् । 

तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेल, आदिबासी जनजाति युवा केन्द्रीय महासंघ सचिव राधिका श्रीस मगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जनक थापा मगर, नेपाल मगर संघ रुपन्देही अध्यक्ष थर्कबहादुर बाह्रघरे मगर, मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापा, आदिबासी जनजाति महासंघ तिलोत्तमा अध्यक्ष गंगा छन्त्याल लगायतले बोल्दै तालिममा प्राप्त सीपलाई व्यवहारिक प्रयोगमा जोड दिए । 

talim

महिलाहरुलाई आर्थिक क्रियाकलामा जोड्ने उद्देश्यसहित तालिमको सञ्चालन गरिएको मगर महिला संघ लुम्बिनी अध्यक्ष केशरी तरामु मगरले जानकारी दिइन् । तिलोत्तमास्थित नालण्डा ह्याण्डिक्राफ्टमा सञ्चालन गरिएको तालिममा रुपन्देहीका १० जना मगर महिलाको सहभागीता रहेको थियो । सीपमूलक तालिमको माध्यमबाट महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने बताउँदै उनले सरकारी तथा गैरसरकारी क्षेत्रले यस्ता कार्यक्रमलाई आर्थिक रुपमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रम फूलमती घर्ती मगरले महिलाहरुका लागि अन्य व्यवसायिक तालिमसँगै स्वरोजगार सिर्जनाका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।