ताजा अपडेट »

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

विहीबार, २८ चैत्र २०८१, २० : ५४
28 Shares
विहीबार, २८ चैत्र २०८१
28 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

गत चैत ११ गते उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र दिएका थिए ।

गत वर्षको फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।