ताजा अपडेट »

निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ: प्रधानमन्त्री

विहीबार, २८ चैत्र २०८१, १५ : १२
16 Shares
विहीबार, २८ चैत्र २०८१
16 Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।  
उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ ।  आत्माविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र  गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको  आवश्यकता छ ।  सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं । स्थिरता,  स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो । अस्थिरताको अन्त्य, गतिशिल स्थिरता, गतिशिल स्थायित्व, सरकारको विश्वसनियता र नीतिहरु छिनछिनमा बद्लिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारका ठाउँमा अर्को तुरुन्तै बद्लिने र अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरु पनि उसले उच्चारण पनि गर्न  हुँदैन भन्ने मानसिकता राख्ने, नीतिगत अस्थितरता जस्ता कुराहरुको अन्त्य गर्नका लागि, सरकारको स्थिरता एवं स्थायित्वको लागि, नीतिगत स्थिरता र  स्थायित्वको जस्ता कुराहरुका साथ अगाडि बढ्का निम्ति नै सरकार बनेको हो ।’
साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्युनिकरण र  अन्त्य गर्न  समेत यो सरकार  प्रतिवद्ध रहेको बताए । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।    
यसैगरी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको छ  । राजश्व अहिले बढेको अवस्था छ, हाम्रो टेक्सबेस  पनि बढाएर लगेका छौं । विदेशबाट आउने अनुदान जुन थियो  त्यो  अहिले संकुचित भएको छ । यो अझै पनि घट्ने  सम्भावना छ । ’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।