ताजा अपडेट »

सहमतिको आधार खोज्न आन्दोलनरत शिक्षक प्रतिनिधिसँग साँझ ५ बजे छलफल

विहीबार, २८ चैत्र २०८१, १४ : ४१
92 Shares
विहीबार, २८ चैत्र २०८१
92 Shares

काठमाडौं । विभिन्न माग राख्दै काठमाडौंमा आन्दोलनरत शिक्षक प्रतिनिधिहरुसँग सरकारल आज साँझ छलफल गर्ने भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधि बीच आज प्रारम्भिक छलफल हुने भएको हो ।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको छ । यसअघि पटक–पटक बोलाउँदा पनि महासङ्घ वार्तामा गएको थिएन । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उक्त प्ररम्भिक छलफलमा हुने सहभागी हुने जानकारी दिए ।

सहमतिका लागि वार्तामा बस्न आवश्यक आधारबारे प्रारम्भिक छलफलका लागि सरकारले बोलाएको सुवेदीको भनाई छ । उनका अनुसार महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली छलफलमा सहभागी हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।