ताजा अपडेट »

आगामी बजेटमा सुझाव दिन परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको छलफल

विहीबार, २८ चैत्र २०८१, १२ : ४४
32 Shares
विहीबार, २८ चैत्र २०८१
32 Shares

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ । बुटवलमा आयोजित पूर्व बजेट छलफलमा युवा उद्यमीहरूले युवाहरूलाई देशमै बस्न उद्योग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले स्वदेशी उद्योगहरूलाई प्रबर्द्धन र प्रोत्साहन गर्न नीति बजेटले लिनुपर्ने बताए ।

त्यसका लागि कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दर फरक गरिनुपर्ने, मझौला कर कार्यालयहरू विकेन्द्रीकरण गरिनुपर्ने, कर तिरेको आधारमा सामाजिक सुरक्षा भए करको दायरामा सहभागिता बढ्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्योगहरूसँग जोड्न उनीहरूले आग्रह गरेका छन् । युवा उद्यमीहरूले उधारोका आफुहरू निकै समस्या परेको बताए । उधारोकै कारण उद्योग बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको समेत उनीहरूले बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले उद्यमशिलता प्रबर्द्धन गर्न सरकारले बनाएको स्टार्टअप कोष युवामा मात्रै केन्द्रित हुनुपर्ने बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा उद्यमीहरूले दिएको सुझाव उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई बुझाईने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।