ताजा अपडेट »

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विहीबार, २८ चैत्र २०८१, ११ : ११
90 Shares
विहीबार, २८ चैत्र २०८१
90 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । 

बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको  छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय  रुपैयाँमा  कारोवार भैइरहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।