ताजा अपडेट »

महावीर जयन्ती मनाइँदै

विहीबार, २८ चैत्र २०८१, १० : १८
12 Shares
विहीबार, २८ चैत्र २०८१
12 Shares

काठमाडौं । सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् । 

इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मनुभएका  महावीर जैन  तपस्या गर्न दरबार त्यागेर हिँडेकाे जैन ग्रन्थमा उल्लेख छ । 
     
अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उनले शिक्षा दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।