ताजा अपडेट »

चारदेशीय टी-२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित

विहीबार, २८ चैत्र २०८१, १० : १३
110 Shares
विहीबार, २८ चैत्र २०८१
110 Shares

बुटवलमा । हङकङमा जारी चार देश सम्मिलित टी २० आई सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

कुवेतविरुद्ध विहीबारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए । १४ औं ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो ।

आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे । त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए । ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए । उनले समान ६-६ चौका र छक्का प्रहार गरेका थिए ।

त्यसै ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो । ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए ।

त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए । दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो । उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए । गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे ।




ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।